
आफैमा विशेष रहने जन्मदिनमा सन नेपाल लाइफको बीमालेख उपहार स्वरुप प्रदान
काठमाडौं । पुरस्कार र उपहारको आफैमा निकै महत्व छ । त्यस्ता पुरस्कारका रुपमा पछिल्ला समय काम लाग्दा र जीवन उपयोगी चिजहरु समेत आदान-प्रदान गर्ने चलन बढ्दो छ । विगतमा सौख र मनोरन्जनसँग सम्बन्धित सर-सामानमा व्यक्तीहरुको ध्यान केन्द्रित हुने गथ्र्यो । अहिले त्यस्तो ट्रेण्डमा निकै हदसम्म फेरबदल आएको अवस्था छ । आजभोली उपहार स्वरुप बीमा कम्पनीहरुले बेच्ने बीमा पोलिसीको संख्या समेत बढ्न थालेको कम्पनीहरु सुनाउछन् ।
अहिले बीमा क्षेत्रमा परशुराम नगरपालिका वडा न ०१ जोगबुढा डडेल्धुराका हिक्मत बहादुर कुँवर र बबिता कुँवर चर्चामा छन् । यी दम्पत्तीले आफ्नो पुत्रको जन्मदिनमा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।
उनीहरुले आफ्नो छोरा आयुष कुँवरको पहिलो जन्मदिनको सुनौलो अवसर पारेर बीमालेख उपहार स्वरुप दिएका हुन्। त्यसरी दिईएको बीमालेख ५ लाख ३५ हजार रुपैयाँ बीमांक बराबरको रहेको छ । आफनो सन्तानको बीमा गराएर उनीहरुले आफ्नो र सन्तान दुवैको हकमा आर्थिक जोखमको रक्षावरण गरेको कम्पनीले जनाएको छ ।
बाल बीमा गराउदा उनीहरु ठूलो हुँदै जाँदा बीमाको अपरिहार्यताको बारेमा समेत व्यवहारीक रुपमा बुझ्न सक्ने अवस्था रहन्छ । यसरी आफ्नो छोराको बीमालेखमार्फत गिफ्ट दिएका दम्पत्तीको मुहारामा छुट्टै हाँसो समेत देखीएको थियो ।


