
हिमालयन पावर पार्टनरको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सेचन्ज (नेप्से) मा सोमबार एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज नेप्सेमा हिमालयन पावर पार्टनरको सेयर मूल्य समायोजन भएको हो ।
यस कम्पनीको ५० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन हुँदा मूल्य ३८१.३३ रुपैयाँ कायम भएको छ । सोमबार अन्तिम कारोबार मूल्य ५२२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । कम्पनीको समायोजित मूल्यलाई आधार मानेर मंगलबार कारोबार खुला हुनेछ ।

