
खोटाङमा हेलिकप्टर दुर्घटना



काठमाडौं । खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आएको प्रहरीको भनाइ छ । बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना हेलीकप्टर दुर्घटना भएको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

