
सुनचाँदीको मूल्य वृद्धि, सुन तोलाको ३ लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा आज सुनचाँदी दुवैको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ४ हजार ८०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलाको ३ लाख माथि पुगेको छ । सुन तोलाको ३ लाख १ हजार ७०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदीको मूल्य ६५ रुपैयाँल्े बढेर ४ हजार ६४५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी तोलाको ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।

