

प्रभु स्टील्स एन्ड हाइड्रोले ९८ करोड बराबरको आईपीओ ल्याउँदै




काठमाडौँ । प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले प्राथमिक साधारण सेयर (आईपिओ) जारी गर्ने भएको छ । कम्पनीले ९८ करोड बराबरको आईपीओ ल्याउँने भएको हो।
आज प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनी तथा कुमारी क्यापिटलले आईपिओ सम्बन्धि सम्झौता गरेका छन्। सो समझदारीमा कम्पनीका सीईओ दिलप्रसाद अधिकारी र क्यापिटलको तर्फबाट प्रमुख मर्चेन्ट बैंकिङ्ग सविन बुढाथोकीले हस्ताक्षर गरेका हुन् ।