नेप्सेमा दोस्रो सर्किट, ४० मिनेटका लागि कारोबार बन्द
काठमाडौं । सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल आएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि मंगलवार (आज) शेयर बजारमा उछाल देखिएको हो ।
पहिलो सर्किट लागेर बजार खुलेको पहिलो मिनेटमा नै नेप्से ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेको हो । अब ४० मिनेटको लागि कारोबार बन्द भएको हो । ४० मिनेटपछि नेप्सेमा पुनः शेयर कारोबार खुल्ने छ ।
आज बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो ।
अर्थमन्त्रीमा लगानीकर्ताले मन पराएका एमालेका विष्णु पौडेल आउने सम्भावना देखिएपछि लगानीकर्ता उत्साहित भएको जानकारहरूको अनुमान छ ।