५० लाख कित्ता हकप्रद निष्कासन गर्दै सानिमा जिआईसी,सिटिजन्स क्यापिटल बन्यो बिक्री प्रबन्धक
काठमाडौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर जारी गर्ने सहमति गरेको छ । हकप्रद निष्कासन गर्न कम्पनीले बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई चयन गरेको हो।
बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी (सीईओ) अधिकृत सुद्युम्न प्रसाद उपाध्याय र सिटिजन्स क्यापिटलका सीईओ सबिर बादे श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर सम्पन्न गरेका छन् ।
सोही सम्झौता अनुसार सिटिजन्स क्यापिटलले सानिमा जिआईसी इन्स्योरेन्सको ५० लाख कित्ता हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकको काम गर्ने सहमति भएको छ ।