बीमा किन गर्ने ?
काठमाडौं । अहिले पनि अधिकांश नागरिकको मनमा खड्किने विषय यदी बीमासँग सम्बन्धित छ भने बीमा किन गर्ने ? भन्ने पनि छ । सोही विषयको प्रश्न एक भए पनि यसको उत्तर भने निकै हुने गरेका छन् ।
सबैभन्दा पहिला बीमाले हामीलाई आर्थिक जोखिमको बेलामा रक्षावरण गर्छ ।
अर्को कुरा भनेको आफूले गरेको बीमा आफ्नै लागि कतिको आवश्यक छ भन्ने कुरा पनि हेर्नु पर्छ ।
त्यसरी नै बीमा गरेर तुरुन्तै लाभ पाउँन सुरु हुन्छ भने हामीले लामो समयसम्म बीमामा आवद्ध हुँदा बीमाले दिने प्रतिफल पनि फरक छन् ।
फुटबल खेलाडीले खुट्टाको बीमा गर्छन् भने चालकहरुले जीवन बीमा गर्छन् ।
किसानहरुले हातको मात्रै बीमा गर्छन् भने शिक्षकहरुले दुर्घटना भन्दा रोगको बीमा गर्छन् ।
यस्तो बीमा भनेको प्रतिनिधि उदाहरणहरु हुन् भने हामीले हाम्रो आवश्यकता अनुसार बीमा गर्न सक्छौं ।
बीमा गर्दा हाम्रो पैसाको बचत हुन्छ ।
बीमाले बीमितलाई बोनस दिन्छ ।
बीमा गरेकै कारण हामीले बीमालेख धितो राखेर ऋण लिन समेत सक्छौं ।
बीमा गर्दा पैसाको सहि सदुपयोग, प्रयोग पनि हुन्छ ।
बीमा गरेकै कारण अन्य ठूला र महत्वपूर्ण बीमालेखको बारेमा जानकारी पाउँने बाटो पनि खुल्छ ।
बीमा भनेको आफ्ना रहेक जोखिमबाट पूर्व तयारी गर्नु पर्छ भन्ने एउटा ठूलो शिक्षा हो ।
सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुध्युम्न उपाध्यायले एक भेटमा आफ्नो अनुभव सुनाउँदै भने, ‘बीमा भनेको हामीले विद्यार्थीलाई विद्यालय जानुपर्छ भनेको जस्तै पनि हो । सुरुमा विद्यालय जान विद्यार्थीहरुले नमाने पनि उनीहरुले आफ्नो अध्ययन पूरा गरेर दिक्षित भएको दिनमा शिक्षाको महत्व थाहाँ पाउँने चलन छ । बीमा पनि सुरुमा बुझ्न बुझाउँन, बीमाको बुझाईमा केही वित्तिय साक्षरताका कुराहरु पक्कै जोडिन्छन् तर बीमाशुल्क तिर्ने भनेको भोलि आफ्नै लागि, आफ्ना परिवारका लागि गरिएको लगानी हो ।’
(बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स)