बीमा क्षेत्र : मर्जरले अधिकांश सीईओको सीईओ पद खोस्यो,पोस्ट मर्जरले सीईओमा तान्दै
काठमाडौं । नेपाली बीमा क्षेत्रमा हालसालै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको नै सट्टा पट्टा चल्न सुरु गरेको देखिन्छ । एउटा कम्पनीमा काम गरिरहेका सीईओहरु अर्को कम्पनीमा डीसीईओ पदमा हाम फाल्दै गएका छन् भने एउटा कम्पनीबाट डीसीईओमा रहेकाहरु सुटुक्क अर्को कम्पनीको सीईओ बन्न थालेका छन् । यो एउटा कम्पनीमा मात्रै होइन समग्र बीमा क्षेत्रमा नियाल्ने हो भने अधिकांश कम्पनीमा यही लहर चल्न सुरु गरेको अवस्था छ ।
मर्जरले खोस्यो अधिकांश सीईओको सीईओ पद
नेपाली बीमा क्षेत्र एक्कासी मर्जरमय बन्यो । त्यो पनि नेपाल बीमा प्राधिकरण, नियमनकारी निकायले आफूहरुले फोर्स मर्जर या भनौ मर्जरबाध्यकारी मर्जरको पक्षमा होइन भनेको बेलामा नै अधिकांश कम्पनीहरुले मर्जरको बाटो समाए । मर्जरले धेरै शीर्षकहरुमा बीमा कम्पनीहरुलाई छुट र सहुलियत दिएको जग जाहेर नै छ । तर, त्यसको सबैभन्दा ठूलो प्रभाव उल्टै सीईओहरुमा पर्न पुग्यो । मर्जरपछि बीमा कम्पनीहरुले एक आपसमा एउटाले अध्यक्षले र अर्को कम्पनीले सीईओ पद लिने भन्ने प्रारम्भीक सहमतीकै लाइनहरु तयार भए । उक्त बीमा प्राधिकरणले दिएको गाइड लाइन भने लामो समयसम्म टिक्न सकेन या भनौ सोही आधारमा हेर्ने हो नेपाली बीमा कम्पनीहरुको मर्जरका संरचना पनि केही भिन्न देखिन्छ ।
सम्बन्धित बीमा कम्पनीहरुमा उच्च पदस्थ व्यक्ती हुँदा हुँदै नयाँ सीईओ या भनौ इन्ड्रस्ट्रीबाट आराम गरेका सीईओहरुलाई नै पद थम्याउन बीमा प्राधिकरण किन हतार गर्छ ? भन्ने प्रश्न पनि उठ्न थालेको छ । यस्तो निर्णयले सम्बन्धित कम्पनीमा काम गरिरहेका कतिपय वरिष्ठ डीसीईओ, कामु सीईओहरुले आफूहरु कल्पना बाहिरबाट नयाँ सीईओ कम्पनीले पाउँदा बैंकबाट बीमामा कर्मचारीहरु आउँने लहर चले पनि कतियलाई फेरी बैंक नै ठिक थियो कि भन्ने आँकलन गम्न सुरु गरेका छन् ।
मर्जरले धकेल्ने, पोस्ट मर्जरले सीईओमा तान्ने
अहिले बीमा क्षेत्रमा देखिएको एउटा लहर कस्तो छ भने मर्जरको नाममा सम्बन्धित व्यक्तीले सीईओ पदबाट बाहिरीनु पर्ने फेरी पोस्ट मर्जरमा त्यही सीईओहरुको तानातान हुनुले नेपाली बीमा क्षेत्रमा अझै पनि सीईओको अभाव छ भन्ने कुरा स्पष्ट हुन्छ । कुन कम्पनीमा को सीईओ भयो भन्ने कुरा हामीले उठाउन खोजेको होइन तर नेपाली बीमा क्षेत्र कता गइरहेको छ भन्ने सबैको चासोको विषय बन्ने गर्छ ।
मर्जर र पोस्ट मर्जरसँग पनि धेरै बीमितहरुले असहमती जनाएको पाइदैन तर बीमा क्षेत्रले दिने रिटर्न कतिको हिसाबले बढेको छ त ? भन्ने विषय भने सर्वत्र चिन्ता चासोको विषय बन्ने गरेको पाइन्छ ।
यद्यपी सीईओ र वरिष्ठ डीसीईओको एक किसिमको सट्टा पट्टा चलिरहदा बीमा कम्पनीहरुले सीईओको आवत-जावत भन्दा पनि कतिपय कम्पनीको हकमा उनीहरुको (सस्टेनेविलिटी) दीर्घकालिनका र बजारमा देखिएको वास्तविक (पर्फमेन्स) नतिजालाई आधार मानेर समिक्षा गर्न जरुरी छ ।