चीन र नेपालबिच पारस्परिक सहयोग हुने,महत्वपूर्ण सम्झौता पत्रमा भयो हस्ताक्षर
काठमाडौं। नेपाल र चीनबिच पारस्परिक सहयोगका लागि सम्झौता भएको छ । सो सम्झौतामा व्यापार प्रबर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत आठ विषयमा सहयोग हुने भएको हो ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा सो सम्झौता गरेका हुन् ।
ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेसँगै सो सम्झौता सम्पन्न भएको हो ।