‘अबको सेबोन खाए खा नखाए घिच भनेर चल्दैन’,इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष रौनियार
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लामो समयपछि अध्यक्ष पाएसँगै पुँजीबजारका विभिन्न संघ संगठनको नेत्तृत्व गरेका छोटेलाल रौनियारले आगामी दिनमा सेबोन सुव्यवस्थित हुँदै जानु पर्ने प्रतिक्रीया दिएका छन् । नेपाल इन्भेस्टर्स फोरमका निर्वतमान अध्यक्ष समेत रहेका रौनियारले लगानीकर्ताहरुको हक हितलाई केन्द्रमा राख्दै त्यस्तो प्रतिक्रीया दिएका हुन् । उनी सेयर लगानीकर्ता संघको स्थापनाकालदेखि सल्लाहकारको भूमिकामा समेत आवद्ध रहदै आएका छन् ।
रौनियारले विगतका दिनमा जसरी सरकारी काम कहिले जाला घाम भन्ने पारामा सेबोनमा दिनभरी घाम तापेर वा सुपारी चपाएर मात्रै कस्ले कार्यकाल बितायो भन्दा पनि अबको दिनमा लगानीकर्ताहरुले के पाए ? त्यसको मूल्यांकन हुनेमा जोड दिए । उनले त्यसरी लगानीकर्ताहरुलाई सम्बन्धित निकायले के दियो र के दिएन ? आफूहरु हिसाब गर्न तयार भएको भाव व्यक्त गरे ।
रौनियारले बीमा दर्पण डटकमसँग भने,‘सेबोनमा को अध्यक्ष भयो राम बहादुर आओस् चाहे श्याम बहादुर, हामीलाई त्यसले खासै फरक पार्दैन । मुख्य कुरा यही हो कि हामीलाई काम चाहिएको छ ।’ उनले विभिन्न कामहरु सेबोनमा अलपत्र रहेको र त्यसलाई चाडै छिटो छरितो ढंगले व्यवस्थापन गर्न चुनौती समेत रहेको बताए ।
यस्तो छ लगानीकर्ताहरुको अपेक्षा
केही दिन अघि आफूहरुले लगानीकर्ताहरुको हक हितका लागि भन्दै लामो, पत्र र लिस्टहरु विभिन्न निकायमा लगेको रौनियार बताउँछन् । उनले त्यसरी एक पटक मात्र नभई आफूहरु पटक पटक लगानीकर्ताहरुको हक हितका लागि लडे पनि त्यसको मुख्य चाबी नै सेबोनमा हुने स्मरण गराए ।
फिफा र लिफा चाहियो
फस्ट टर्म र लास्ट टर्म मिलाएर बजारमा लगानीको सप्लाई हुन जरुरी छ । एकै पटक सबै सप्लाई लिएर आउँदा शेयर बजार ह्वात्तै घट्ने सम्भावना धेरै हुन्छ । सेबोनले आईपिओको लिस्टीङमै सुधार ल्याउँनु पर्छ ।
टीएमएसको वेभ साइट चल्नु पर्यो
रौनियारले आफूहरु कमर्शको विद्यार्थी भएको भन्दै टीएमएसको वेस साइट राम्रोसँग चल्ने बनाउँन आवश्यकता रहेकोमा जोड दिए । त्यसरी वेभ साइटमै समस्या आउँनु भनेको एक किसिमको वित्तीय अपराध (फाइनान्सियल क्राईम) हुने उनको आँकलन छ । त्यसमा धेरै जना लगानीकर्ताहरुको आशा र भरोसा जोडिने र त्यस्तो आशा र भरोसाको केन्द्र सदैव सेबोनले बन्नु पर्ने तथा आवश्यक जिम्मेवारी लिनु पर्ने पनि स्मरण गराएका छन् ।
तुरुन्तै रेस्पोन्स र गोपनियता चाहियो
लगानीकर्ता समेत रहेका रौनियारले तुरुन्तै रेस्पोन्स नहुने र कसैको सेयरअरु कस्ले किन्दैछ भनेर लिकेज हुने गरेको र त्यस्ता अपराध रोकिनु पर्ने खुलाए । आफ्नो कुनै पनि समूह नरहेको भन्दै रामबहादुर, श्याम बहादुर जस्को समूहले नयाँ स्टक एक्सचेञ्ज पाए पनि त्यसले लगानीकर्ताकै लागि काम गर्नु पर्ने बताए । आगामी दिनमा सम्झौता भएका विषयमा नयाँ टेक्नोलोजिको आत्मसाथ गर्नु पर्ने बताए ।
व्यापारीले सेवा र नाफा दुवै खान पाउँने भन्दै आगामी दिनमा लगानीकर्तालाई पुरानो तरिकाले नराम्रो फाइदालाई कायम गर्ने भन्दा पनि नयाँ अपडेटेड सफ्टवेयर चाहिएको बताए । उनले अगामी दिनमा सम्बन्धित निकायलाई सुधार गर्ने मौका दिने भए पनि लगानीकर्ताहरुलाई आफ्नो खातामा गोपनियताको सुरक्षा अपरिहार्य भएको खुलासा गरे ।