
हिमालयन डिस्टिलरीको नाफामा १३८ प्रतिशतको उछाल, अन्य सूचकमा पनि चमक
काठमाडौं । हिमालयन डिस्टिलरीको नाफामा उछाल देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उछाल देखिएको हो ।
वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म २१ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १३८.१८ प्रतिशतले बढी हो । गत आव २०८२/८३ को असोजसम्म कम्पनीले ९ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीले उत्पादन बिक्री गरेर १ अर्ब ७६ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको आम्दानी १ अर्ब ७ करोड ५७ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको आम्दानी ६३.८७ प्रतिशतले बढेको छ ।
चुक्तापुँजी ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ र सरप्लसमा १ अर्ब ७५ करोड १३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असोजसम्म रिजर्भ र सरप्लसमा १ अर्ब १८ करोड रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा रिजर्भ र सरप्लसको आकार ३२.६२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधि कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २३.३२ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ९.७९ रुपैयाँ थियो । पीई रेसियो ५६.१४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १४७.४९ रुपैयाँ रहेको छ।


