
अन्तरिम सरकारले करका दर हेरफेर नगर्ने अर्थमन्त्री खनालको भनाई



काठमाडौं । परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको ‘राजश्व प्रणालीमा सुधारस् सार्वजनिक निजी संवाद’ कार्यक्रममा बोल्दै अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित रहेको खुलाएका छन्। उनले त्यस्तो खुलासा आयोजित एक कार्यक्रममा गरेका हुन् ।
यता, वर्तमान सरकार निर्वाचन गराउनेदेखि सुरक्षित हिसाबले सत्ता हस्तान्तरण गर्ने योजनाका साथ अघि बढिरहेको उनको भनाई छ।
त्यस्तै, अन्तरिम सरकारलाई निर्वाचन गराउने म्यान्डेट रहेकाले करका दरहरू हेरफेरमा आफू नलागेको सुनाउँदै उनले सकेसम्म संयमित रहँदै, आलोचनाबाट बच्दै र कानुनसम्मत तरिकाले आफूहरू अघि बढिरहेकोमा जोड दिए।
साथै, सकेसम्म संयमित रहेर काम गर्नुपर्ने भन्दै उनले यसैगरी हाल आलोचनाबाट बच्नु पनि पर्ने, कानुनसम्मत पनि हुनुपर्ने समयमा अहिले करका दर चलाउन नमिल्ने सुनाए। कुनै एउटा खास पक्षलाई पक्षपोषण गर्न थालियो भनेर फेरि अर्को व्यावसायिक तप्काबाट आवाज उठ्छ एवम् सरकारको ध्यान निर्वाचन गराउनेमा छ । सरकारको ध्यान सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा छ भन्ने अर्थमन्त्री खनालको भनाई छ ।
त्यस्ता अवरोध आउने खाल, विरोध हुने खाले काममा उनी नलागेको बताएका उनले करका दर अहिले हेरफेर गर्न खोजे निजी क्षेत्रबाटै विरोधको आवाज उठ्ने सुनाएका हुन् ।

