
नेप्से पुनःसंरचनाका लागि गठन गरियो समिति



काठमाडौं । अब नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुन संरचना गरिने भएको छ । त्यस्तो निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो ।
यता, मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको बेलामा सरकारले पाँच सदस्य समिति गठन गरेको अवस्था छ ।
सोही समितिको संयोजकमा प्रकाशजंग केसी रहेका छन् भने अर्थ मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकका एक कार्यकारी निर्देशक लगायतको समिति गठन भएको जनाइएको छ ।

