
प्रधानमन्त्री कार्कीविरुद्ध दायर भयो अदालतको अवहेलनासम्बन्धी मुद्दा

काठमाडौं । सोमाबर सर्वोच्च अदालतमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको खबर छ । उनलाई राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै सेही अवहेलना सम्बन्धि मुद्दा दायर गरिएको अवस्था छ।
यता, अधिवक्ता प्रेम सिलवालले दायर गरेको सो मुद्दाको सुनुवाइ यही मङ्सिर ७ गते हुनेगरी तोकिएको छ भने वर्तमान सरकारले गत असोज ३० गते अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
साथै, सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले यो भन्दा अगाडी राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न गत कात्तिक १६ गते अन्तरिम आदेश दिएको बेलामा अदालतको आदेश आएकै भोलिपल्ट सरकारले राजदूत फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो । त्यसरी अदालतको सम्मान र कानुनी शासनका पक्षमा मुद्दा दायर गरेको अधिवक्ता सिलवालले बताएका छन् ।


