
दिव्य ज्योती हाइड्रोपावर लिमिटेडले निमार्ण शुरु गरेको मस्र्याङदी वेसी जलविद्यूत आयोजना (५० मे.वा.) को विस्तृत विवरण



काठमाडौं । यो आयोजना को निमार्ण कार्य मिति २०८२ मंसिर ५ गते वाट शुरु हुन गईरहेको व्यहोरा कम्पनीले जनाएको छ । सोही आयोजनाबाट स्थानिय सरोकारवाला एवं प्रभावित पक्षहरुलाई हुने फाईदा एवं आयोजनाका सवल पक्षहरु यहाँ समक्ष पेश गर्न आवश्यक ठानी यो बिज्ञप्ती तयार गरिएको बताइएको हो ।
यस्तो छ विज्ञप्ती :
यो आयोजना दिव्यज्योति हाईड्रोपावर लिमिटेडवाट निर्माण गरिने छ । यो एउटा पब्लीक लिमिटेड कम्पनी हो । जसमा हाल सम्म १५० भन्दा वढी शेयर सदस्यहरु रहनु भएको छ । यो आयोजना स्वदेशि लगानीमा देश भित्र तथा बाहिर रहनुभएका नेपाली नागरिकहरुवाट स–साना पुँजी एकत्रित गरि लगानी जुटाई आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिई कार्य अगाडी वढाईएको छ । जसमा अपि पावर कम्पनी लिमिटेडको ५१ प्रतिशत तथा सो भन्दा बढी लगानी रहने छ । अपि पावर कम्पनी लिमिटेड नेपालमा जलविद्युत तथा सोलार आयोजनाहरु निर्माण गरिरहेको एक परिचित कम्पनी हो । यस कम्पनीले हाल सम्म ६ वटा जलविद्युत आयोजनाहरु तथा ४ वटा सोलार आयोजना सहित जम्मा १० भन्दा बढि आयोजना निर्माण सम्पन्न गरिसकेको छ । अपि पावर कम्पनी समूह भित्र जम्मा २२ वटा भन्दा बढि जलविद्युत तथा सोलार आयोजनाहरुको निर्माण सम्पन्न भईसकेका छन्भने यस समूहले हाल सम्म ३०० मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा प्रवाह गरिरहेको छ । जसमा ५ भन्दा बढि कम्पनीको शेयर नेपाल
धितोपत्रबोर्डमा दर्ता भई शेयरबजारमा कारोबार भईरहेकोछ । अपि पावर कम्पनीमा हाल एकलाख पचास हजार शेयरधनीहरु रहेका छन् ।
यो एक राष्ट्रिय प्राथमिकताको आयोजना हो र यस आयोजनावाट उत्पादिन विद्युतशक्तिले हाल देशमा रहेको उर्जा संकटलाई निरुपण गरी मुलुकको अर्थतन्त्रलाई थप मजवुत एवं सुधृ्रडिकरण गर्न सहयोग पुर्याउनेछ । यस आयोजना निर्माणको लागि आवश्यक पर्ने ऋण स्वदेशी वाणिज्य बैकहरुबाट जुटाईने छ । यो आयोजना ३० महिनाको अवधि भित्र स्थानिय श्रोत, साधन तथा जनशक्तिको अधिकतम सदुपयोग गरी आयोजनाको निर्माण कार्य सम्पन्न गरिने छ ।
यो कम्पनी नेपालको कम्पनी ऐन २०६३ अन्र्तगत स्थापना भई निरन्तर रुपमा उर्जा क्षेत्रसंग सम्वन्धित कार्यहरु गरिरहेको छ । आयोजना निर्माणका लागि मिति २०७५/०५/१० मा श्री नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद विक्रि सम्झौता सम्पन्न गरेको, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयवाट मिति.२०६५/०६/३० मा सर्वेक्षण अनुमति पत्र प्राप्त गरेको, मिति २०७४/०६/०१मा आयोजनाको वातावरणीय असर मूल्याङकन प्रतिवेदन ९क्ष्भ्भ्० समेत वन तथा वातावरण मन्त्रालयवाट स्वीकृत भएको साथै, आयोजनाको विद्युत उत्पादनको अनुमतिपत्र समेत प्राप्त गरि कार्य अगाडी बढाएको व्यहोरा यहाँ समक्ष जानकारी गराउँदछु । आयोजनावाट वातावरण, सस्कृति एवं पुरातात्विक विषयहरुलाई कम्पनीले गम्भिरताका साथ लिई आयोजनाको निर्माण गर्दा न्युनतम क्षतिलाई लक्षित गरि कार्य अघि वढाईने छ ।
यो आयोजना नदीमा प्रवाभित (च्गल या च्ष्खभच) प्रकारको आयोजना हो । यो आयोजना नेपाल विद्युत प्राधिकरणले मस्याङदी नदिमा भोटेवडारमा निर्माण गरेको ७० मेगावाट क्षमताको अर्ध जलाशययुक्त मध्य मस्र्याङदी जस्तो आयोजना नभएको समेत जानकारी गराउन चाहान्छु । उक्त आयोजनामा जस्तो यो आयोजनामा सम्पूर्ण पानी थुनेर आयोजना संचालन नगर्ने समेत अनुरोध गरिन्छ । यो आयोजना निर्माण गर्न केवल ७० घनमिटर पानी मात्र आवश्यक पर्ने भएकोले वार्षिक औषत पानीको बहाब यस नदीमा लगभग १५० घनमीटर हुने हुँदा बाँकी रहेको पानी प्रयाप्त हुनाले वातावरणिय असरमा हानी नहुने र स्थानियहरुलाई समेटी उनिहरुको सिप, दक्षताका आधारमा रोजगारीको सुनिस्चितता गरिनेछ ।
आयोजना निर्माणको लागि आवश्यक सहयोग, सुरक्षा एवं सहजिकरण गरिदिनुन समेत विनम्र अनुरोध गर्दछै । आयोजनाको निर्माण कार्यबाट यस क्षेत्रमा रहेका मसानघाट देखि लिएर अन्य प्रभाव पर्न जाने सम्पूर्ण क्षेत्रहरुलाई मध्यनजर गरि सो मा पर्न जाने प्रभावलाई आत्मसात लिई कार्य गरिनेछ र यो क्षेत्रको पर्यटकिय, संस्कृतिक, भौगोलिक एवं पूरातवहरुमा कूनै प्रतिकूल असर नहूने गरि कार्य गरिने समेत जानकारी गराउँदछौ ।
यस आयोजनाबाट विद्युत उत्पादन भए पश्चात कम्पनीको आम्दानीको २ प्रतिशत र प्रति मेगावाट १ लाखका दरले वार्षिक ५० लाख गरि जम्मा ३.५ करोड (लगभग तीन करोड पचास लाख मात्र) बराबर रोयल्टी बापत नेपाल सरकारलाई बुझाउनु पर्ने हुन्छ सो रोयल्टी वापतको रकम आयोजना प्रभावित जिल्ला तथा नगरपालिकाको साथै वडा कार्यालयमा पनि आउने प्रावधान रहेकोले स्थानिय स्तरको विकाशमा पनि टेवा पुग्नजाने छ । आयोजनाको वातावरणीय असर मूल्याङकन प्रतिवेदनको प्रावधान अनुसार सामाजिक उत्तरदायित्वको कार्यको लागि सम्बन्धित निकाय सँग छलफल तथा परामर्श गरि कार्य गरिने छ जसले गर्दा आयोजना प्रभावित क्षेत्रमा खानेपानी, मठमन्दिर, स्कूल तथा बाटोको मर्मत तथा अन्य आवश्यक पुर्वाधार विकाशमा सहयोग पुग्नेछ । यो कम्पनीबाट स्थानियहरुलाई शेयर निष्काशन गरि नेपाल स्टक एक्सचेन्जमा सूचिकरण गरि लाभान्वित गराईने छ ।
अबको १० वर्ष भित्र नेपाल सरकारले देशमा २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहित कार्य गरिरहेको हुनाले यस आयोजनाले पनि नेपाल सरकारको उक्त लक्ष्यलाई पुरा गर्न सहयोग पुग्ने समेत जानकारी गराउन चाहान्छौ ।

