


पुँजी बजारमा दोहोरो अकंको सुधारः कारोबार खुम्चियो




काठमाडौँ । दुई दिन राताम्य भएको शेयर बजार आज भने केहि सुधार आएको छ । बिहिबार बजार खुलेको ३ मिनेटमा नै सकारात्मक सर्किट लाग्दै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । बजार १०२ अकंले बढेकोमा त्यसपछि भने निरन्तर ओरालो लाग्यो ।
बजार आज बढे पनि लगानीकर्ताको मनोबल भने अझै उठ्न सकेको छैन । अर्थमन्त्रालयको निर्देशन बमोजिम केन्द्रिय बैंकले लगानीकर्ताहरुले लामो समयदेखि माग गरिरहेको मार्जिन प्रकृतिको कर्जाको सीमा हटाएसँगै आज बजारमा केहि सकारात्मक संकेत देखिएको थियो । तर, अपेक्षा अनुसार अझै बजारमा सुधार हुन सकेको छैन ।
जेन जी आन्दोलनपछि बनेको सरकारले बजारप्रति केहि सकारात्मक कदम चालेपनि लगानीकर्ताको मनोबल अझै सुधार हुन सकेको छैन । देशमा उत्पन्न राजनीतिक अस्थिरताले गर्दाले लगानीकर्ता अन्यौलमा परेका छन् । पुँजी बजार सुधार कार्यदलले दिएको सुझाव समेत सबैं कार्यान्वयनमा आउन सकेको छैन । जस कारण लगानीकर्ता दोधारमा परेका हुन् ।
पुराला दल अहिलेको अन्तिम सरकार विरुद्ध आन्दोलनमा जाने र अदालत जाने संकेत समेत देखाइरहेका छन् । अन्तिम सरकारको भविष्य माथि नै प्रश्न उठ्दा लगानीकर्ता डराएको पाइन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.५९ अकंले बढेर २५८२.१८ बिन्दुमा कायम भएको छ । आज ३१३ कम्पनीको १ करोड १८ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २७ करोडको कारोबार भएको हो ।
यसदिन १२ उपसूचकमा हरियाली आएको छ । यसदिन व्यापार समूहको शेयर मात्रै १.४८ प्रतिशतले घटेको हो