


जेन्जी आन्दोलनका मृतकका आफन्तलाई आईजीआई प्रुडेन्सियलको सहयोग, सीईओ बादेले बोके चेक




काठमाडौ । नेपाली बीमा क्षेत्रमा आफ्नो फरक र छुट्टै पहिचान बनाउन सफल आईजीआई प्रुडेन्सियलले सहयोग गरेको छ । उसले जेन्जी आन्दोलनमा ज्यान गुमाएकाहरुको आफन्तलाई रहयोग रकम हन्तान्तरण गरेको हो ।
मिति २०८२ भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनमा कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्नु भएका तीन जना अमर प्रहरीका आश्रित परिवारलाई जनही रू १,५०,००० का दरले रू ४,५०,००० र घाइते एक जना प्रहरी कर्मचारीको उपचारको लागि रू ५०,०००।– गरी कूल जम्मा रू ५,००,०००।अक्षरेपि पाँच लाख नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको आईजीआई प्रुडेन्सियलले जनाएको छ ।
सोहीक्रममा रकम दिन कम्पनीका सीईओ युगेश भक्त बादे समेत पुगेका थिए ।