


निर्जीवन बीमा कम्पनीहरुको व्यापार सकारात्मक, शिखर इन्स्योरेन्सको अग्रता कायमै




काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो २ महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुलक संकलन ८ अर्ब रुपैयाँ भन्दा धेरै छ । उनीहरुले त्यस्तो व्यवसाय आर्जन गरेको तथ्यांक आजै नियामक निकाय नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको हो ।
यता, सोही चालु आर्थिक वर्ष २०८२।०८३ को भदौ मसान्तसम्मको अवधिमा ८ अर्ब १२ करोड ८१ लाख ८७ हजार रुपैयाँको ब्यवसाय गरेको देखिन्छ।
त्यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा भने निर्जीवन बीमा कम्पनीले ७ अर्ब ७४ करोड ६७ लाख ५२ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए ।
नेपाल बीमा प्राधिकरणका अनुसार सगरमाथा लुम्बिनी कम्पनीले चालु आर्थिक वर्षको पहिलो २ महिनामा ८९ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, शिखर इन्स्योरेन्सले पहिलो दुई महिनामा ८४ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो।
समिक्षा अवधिमा सिद्धार्थ प्रिमियम कम्पनीको बीमाशुल्क संकलन ७७ करोड ३३ लाख लाख रुपैयाँ, हिमालयन एभरेष्टले ७१ करोड १७ लाख तथा एनएलजि इन्स्योरेन्सको ६८ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार आइजिआई प्रुडेन्सियलले ६२ करोड ९१ लाख, दि ओरिएन्टल इन्स्योरेन्सले ५९ करोड ५० लाख रुपैयाँ तथा नेको इन्स्योरेन्सले ५८ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।