


बीमा किन गर्ने ? यस्तो छ विज्ञ भोजराज शर्माको भनाई




काठमाडौं । बीमा भनेको भविष्यमा हुने जोखीमको अग्रिम सुरक्षा गर्ने प्रक्रिया हो । यो प्रक्रिया दुईपक्ष बिचमा गरिने करार हो । जसमा एकपक्षको क्षति हुँदा अर्को पक्षले त्यसको क्षतिपूिर्त व्यहोर्छ । यसलाई बीमाको कानुनी परिभाषा मान्दा हुन्छ ।
सामाजिक रुपमा बुझ्दा बीमा भनेको गुठी बराबर हो । जसमा सबैको योगदान रहन्छ र आवश्यकतामा काम लाग्छ । जस्ले प्रिमियम तिर्छ उस्को भविष्यको सुरक्षा हुन्छ । बीमा गर्नेहरु नै एक अर्काका सहयोगी जस्ता हुन्छन् ।
धेरैबाट जम्मा गरेर थोरैलाई दिने कुरापनि बीमाको विशेषता भित्रै पर्छ । बीमा भनेको जोखीमलाई सार्ने हो । यही अर्थमापनि बीमा भनेको जोखीम हस्तान्तरण हो । बीमाले जोखीम न्यूनीकरण गर्ने नभई हस्तान्तरण गर्ने कार्य गर्दछ ।
बीमा किन गर्ने ?
जीवनमा जोखीमहरु आउने भएकाले बीमा गर्नुपर्छ । जोखीमले हामीलाई सधैँजसो पिरोलिरहन्छ । यस्ता जोखीमबाट बच्न नसकिने भएकाले आफूलाई सकेसम्म सुरक्षित राख्न बीमा आवश्यक छ । हाम्रो जीवनमा सधैं एकनास हुँदैन। जीवन धरापमा परेको बेलामा बीमा हाम्रो सहयोगी हुन्छ ।
जीवन मात्र नभई सम्पत्तिपनि जोखीममा पर्छ । यस्ता जोखीमका कारणले हामी त्रसित र ग्रसित जीवन बिताउन बाध्य हुन्छौं । भुइँचालोले घर भत्काउन सक्छ, आगो लाग्न सक्छ, बाढी पहिरोले हामीलाई सताउन सक्छ । यस्ता विपत्तको बेलामा पुनस्र्थापना हुन पीडितको क्षमताले भ्याउदैन । यही जोखीमबाट बच्न बीमा गर्न आवश्क हुन्छ । हामीले पोलिसी किनेपछि कम्पनीले हामीलाई सुरक्षा दिन्छ । घरको कमाउने मान्छे बिरामी पर्दा परिवारका अन्य सदस्यको बिचल्ली हुन्छ । खेतबारीमा सुख्खापन आउँदा, किरालाग्दा बर्षभरीको अन्नबाली समेत जोखीममा पर्ने गर्छन् । यस्तै कारणले गर्दा बीमा गर्नु आश्यक छ ।
के छन् बीमामा फाईदा ?
बीमामा अनेकौं फाईदाहरु रहेका छन् । यसलाई शब्दमा नै व्याख्या गर्दा जोखीम विरुद्दको सुरक्षण बीमाको राम्रो पक्ष हो । हामीले बीमा गरेपछि एक किसिमको ढुक्क हुने वतावरण पाउछौँ । यो पनि बीमाको सुन्दर पक्षमा पर्छ ।
बीमा चेतनाको स्तर :
बीमा चेतनाको स्तर हालसम्म सुधारमूलक अवस्थामा नै रहेको छ । कतिपयलाई अझैपनि बीमाका बारेमा थाहै छैन । बीमा गर्न चाहनेलेपनि सुविधाका बारेमा राम्रो जानकारी नलिएको पाइन्छ । जोखीमपूर्ण कतिपय ठाउँमा समेत बीमा नगरेको उदाहरण हामी कहाँ धेरै छन् । यी कुराहरु बीमाका समस्याका रुपमा रहेका छन् ।
बीमा बाध्यकारी हुनु कस्तो कुरा हो ?
बीमालाई बाध्यकारी बनाउनु रामो कुरा होईन । यसमा हामीले करलागी तथा जर्बजस्तीका काम गर्न मिल्दैन र गरेका छैनौँ पनि । कुरा के हो भने अग्नि तथा भुकम्प जस्ता कुराको बीमा गर्दा त्यसले जनताको हित नै गर्छ । यसरी हित गर्ने कुरा बाध्यता भन्दा आवश्यकताको कुरा हो । चेतनाको स्तरमा वृद्दी गरेर तथा बीमा तालिम संञ्चालन गरेर बीमामा सहभागीता बढाउन सकिन्छ । व्यक्तीले आफैंले बुझेर बीमाकमा पोलिसी किन्ने हो ।
नेपाल बीमा प्राधिकरणले सामाजिक सुरक्षाको दृष्टिकोणका आधारमा बीमाका पोलिसी अनिवार्य गरेको हो । बीमाका आफ्नै सुन्दर पक्ष रहेकाले हामीले यसको बारेमा अध्ययन, अनुसन्धान गरेर कम्पनीलाई जोखीमको हस्तान्तरण गर्नु आजको आवश्यकता हो ।