सबैभन्दा बढी आयकर तिरेको भन्दै,नेपाल टेलिकम सम्मानित
काठमाडौं । आर्थिक वर्ष २०७९।८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागबाट नेपाल टेलिकमलाई सम्मान पत्र प्रदान गरिएको छ ।
हिजो मङ्सिर १ गते राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रमका बिच नेपाल टेलिकमलाई उप-प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मानित गरेको कम्पनीले जनाएको हो।
टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी, अर्यालले सो सम्मान ग्रहण गरेकी थिइन। आन्तरिक राजस्व विभागले हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ भने सोही दिन उत्कृष्ट करदातालाई सम्मानित पनि गर्दै आएको छ । सो अवसरमा नेपाल टेलिकम सहित सबैभन्दा धेरै कर तिर्ने अन्य व्यक्ति र संस्थालाई सम्मानित गरिएको नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए।