
आज नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख २२ हजार कित्ता शेयरको लक इन अवधि सकिदै

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १ लाखबढी कित्ता शेयरको लक इन समयावधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता शेयरको लक इन अवधि आजबाट समाप्त हुन लागेको हो ।
सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको शेयर ६ बाँडफाँड गरिएको मितिले ६ महिनासम्म लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ । कम्पनीले २०८१ फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड फागुन २३ गते भएको थियो ।


