करिब १४ लाखकाे हात खालि हुने समता घरेलु लघुवित्तको एफपिओ भोलि बाँडफाँट हुने
काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओ भोलि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार भोलि शुक्रबार बिहान ९ बजे क्यापिटलको कार्यालयमा एफपिओ बाँडफाँट हुने भएको हो ।
कम्पनीको एफपिओमा एफपिओमा माग भन्दा ६०.७८ गुणा बढी आवेदन परेको छ । माग भन्दा बढी आवेदन परेकाले कम्पनीको एफपिओमा आवेदन दिएकामध्ये १३ लाख ९९ हजार २९९ जनाको हात रित्तो हुने छ । सिडिएसका अनुसार एफपिओमा अन्तिम दिनसम्म १४ लाख ३४ हजार ३८९ जनाले आवेदन दिएका थिए । कम्पनीले ३ लाख ५० हजार ९०४ कित्ता एफपिओ जारी गरेको थियो । तर माग भन्दा बढी आवेदन पर्दा धेरैको हात खालि हुने भनएको हो ।
कम्पनीको एफपिओमा २ करोड १३ लाख २९ हजार ८९० कित्ताका लागि आवेदन परेको छ । जनु आवेदन मार्फत २ अर्ब १३ करोड २९ लाख ८९ हजार रुपैयाँ संकलन भएको हो । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४ कित्ता एफपिओको लागि आवेदन माग गरेको थियो ।
कम्पनीको एफपिओ ३५ हजार ९० जनाले १०/१० कित्ताका दरले एफपिओ हात पार्नेछन् । त्यसमध्ये ४ जनाले थप १ कित्ता सेयर पाउनेछन् ।
साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पुँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र ३०.५२ सर्वसाधारणको कायम गर्न अपुग पुँजी पुर्याउन एफपिओ निष्काशन गरेको थियो ।