
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म दोस्रो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ हुने भएको छ। एक्स्पोमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे गरी ५६ वटा ब्रान्डको प्रदर्शनी रहनेछ। नाइमा अटो सो मा ४० भन्दा बढी ब्रान्डले नयाँ मोडलका दुई पांग्रे र चार पांग्रे सबारी साबजनिक हुनेछन् ।
विभिन्न ईभी ब्रान्डले नाइमा एक्स्पोमा आफ्ना नयाँ मोडेलहरू सार्वजनिक गर्ने तयारी गरेका छन्। हालसम्म ५२ वटा कम्पनीले ब्रान्डहरु सार्वजनिक गरिसकेका छन्। सार्वजनिक गरिएका ५१ ब्रान्डहरुमध्ये रहेको नाइमाले जनाएको छ।
प्रदर्शनीमा दुईपाङ्ग्रेतर्फ प्युजो, बिगास, जेटएक्समोटो, सीएक्स मोटरसाइकल, निउ, केरेन इलेक्ट्रिक स्कुटर, बजाज, केटीएम, ट्रायम्फ, टिभीएस, याडिया, गारो, सीएफमोटो, जीहो, होन्डा, रोयल इन्फिल्ड, अल्ट्राभोइलेट, मोर्बिडेली, सुजुकी र एथर जस्ता ब्रान्डहरु रहेका छन्।
त्यसैगरी चारपाङ्ग्रे प्यासेन्जर सबारीमा महिन्द्रा, बिवाइडी, डेन्जा, किया, होन्री बोमा, एमजी, म्याक्सस, प्रोटोन, कायि, काइयी, फोर्थिङ, हुन्डाई, आर्कफक्स, बाइक, वुलिङ, निसान, चेरी, हेनरी भोल्ट्स, लिपमोटर, सिट्रोन, प्युजो, टाटा मोटर्स, ओमोडा, जेको, आिकार, टोयोटा र जीडब्लुएम जस्ता ब्रान्डहरू सामेल छन्। व्यावसायिक गाडीतर्फ भने स्काईवर्थ, किटन, चेरी वान्डा, कारी र झान्टाङ ईभी भ्यान जस्ता ब्रान्डहरू प्रदर्शन र बिक्रिको लागि रहनेछन् ।
एक्स्पोलाई व्यवस्थित र सुरक्षित बनाउन प्रदर्शनी स्थलमा अपाङ्गमैत्री संरचना र आपतकालीन सेवाको व्यवस्था मिलाइएको आयोजकले बताएको छ। एक्स्पो अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै प्रवेश टिकट ‘खल्ती बाई आईएमई’ एपमार्फत अग्रिम खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ग्लोबल आईएमई बैंकले को-स्पोन्सरका रुपमा र रेड बुलले पावर्ड बाई स्पोन्सर तथा बेभरेज पार्टनरका रुपमा सहयोग गरेका छन्। यसैगरी, एक्स्पोमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनर, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड इन्स्योरेन्स पार्टनर, बोस नेपाल (BOSCH Nepal) प्रविधि पार्टनर, पठाओ प्राइभेट लिमिटेड राइड पार्टनर, ग्लोबल कलेज अफ म्यानेजमेन्ट एजुकेसन पार्टनर, एजाइल इन्जिनियरिङ सोलुसन्स प्रा.लि. र अग्नि इनर्जी प्रा.लि. चार्जिङ पार्टनर, एक्वा मिनरल्स प्रा.लि. हाइड्रेसन पार्टनर, आईएमई खल्ती लिमिटेड टिकटिङ पार्टनर, द सोल्टी काठमाडौं हस्पिटालिटी पार्टनर, नर्भिक इन्टरनेसनल अस्पताल हेल्थ पार्टनर, वत्सल इम्पेक्स प्रा.लि. (Hikvision) सर्भिलेन्स पार्टनर, हिट्को प्राइभेट लिमिटेड अग्नि तथा सुरक्षा पार्टनर, वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड कनेक्टिभिटी पार्टनर, पायोनियर इभेन्ट म्यानेजमेन्ट अडियो–भिजुअल पार्टनर, युनियन पे क्यूआर पार्टनर, डिजिपल सोलुसन्स डिजिटल पार्टनर, एटीएस नेपाल सवारी सुरक्षा तथा पार्किङ समाधान पार्टनर, प्रफिट मिडिया प्रकाशन पार्टनर तथा मिडिया स्पेस सोलुसन्स इभेन्ट म्यानेजमेन्ट पार्टनरका रूपमा आबद्ध छन्।
यस वर्षको एक्स्पोमा नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अडिटोरियम हल (Auditorium Hall) मा लर्निङ सेसनहरु आयोजना हुनेछन्। सेसनहरुमा सहभागी हुन कुनै शुल्क नलाग्ने आयोजकले बताएको छ। यी सत्रहरू विज्ञ, पेसाकर्मी, शिक्षाविद्, उद्योग नेतृत्व तथा प्रभावशाली व्यक्तित्वहरूको नेतृत्वमा सञ्चालन हुनेछन्।

