
समता घरेलु लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीहरुको ४ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
संस्थाको विद्यमान संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको उक्त संस्थापक शेयर बिक्री गर्ने इच्छा राखि निवेदन दिएकोमा संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचनामार्फत बिक्रीमा राखिएको थियो । उक्त अवधिमा संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो ।
शेयर खरिद गर्न योग्य ईच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरि संस्थाको बनेपामा रहेको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्ने शेयर कित्ता तथा दरभाउ सहितको व्यहोरा खुलाई निवेदन दिन संस्थाले सूचित गरेको छ ।


