

मोटरसाइकल दुर्घटनामा सिद्धार्थ प्रिमियरका दोलखा शाखाका ब्रान्च इन्चार्ज शिरिषद बस्नेतको मृत्यु




काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिकामा मोटरसाइकल एक आपसमा ठोक्किँदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका दोलखा शाखाका ब्रान्च इन्चार्ज शिरिषद बस्नेतको मृत्यु भएको छ ।
भदौ ११ गते भीमेश्वर नगरपालिका-६ रमिते डाँडास्थित सडकमा दुई वटा मोटरसाईकल आपसमा ठोक्किँदा भिमेश्वर र वैतेश्वरका युवकको मृत्यु भएको हो ।
कम्पनीका ब्रान्च इन्चार्ज एवं भिमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिष बस्नेत र बैतेश्वर गाउँपालिका-३ चिलाउने खर्कका २५ वर्षीय सुजन दाहालको मृत्यु भएको हो ।
शिरिष गौरिशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति हुन् । अनेरास्ववियुबाट स्ववियु सभापतिमा निर्वाचित शिरिषका बुबा रामचन्द्र बस्नेत एमाले नेता तथा निवर्तमान वडाध्यक्ष हुन् ।