

स्वास्थ्य बीमा बोर्डद्वारा असोज मसान्तसम्म नविकरण गर्ने बीमितलाई जरिवाना नतिराउने निर्णय




काठमाडौं । स्वास्थ बीमा बोर्डले आफ्ना बीमितहरुलाई थप राहत दिर्ने निर्णय गरेको छ । बोर्डका अनुसार स्वास्थ्य बीमा सेवा लिएका बीमितहरुले अगामी असोज मसान्तसम्मको अवधिमा बीमा पोलिसी नविकरण गरेको खण्डमा कुनै पनि जरिवाना तिर्नु नपर्ने भएको छ ।
संस्थाको उक्त निर्णयले हजारौं बीमितहरु जरिवानामा पर्नुबाट बच्ने भएका छन् । बोर्डको सो निर्णय पश्चात देशभरीका बीमितहरुले बीमा पोलिसी नविकरण गर्ने कार्यलाई गति दिएका छन् । स्वास्थ्य बीमा बोर्डले आफ्ना बीमा पोलिसीहरुलाई अनलाइन माध्यमबाट सजिलै नविकरण गर्न सकिने व्यवस्था मिलाएको छ ।