

सबै कर्मचारीहरुलाई सम्पत्ति विवरण बुझाउन अर्थ मन्त्रालयद्वारा परिपत्र




काठमाडौं । अर्थ मन्त्रालयको प्रशासन महाशाखाले मन्त्रालय र मातहतका सबै कर्मचारीहरुलाई आफ्नो सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रमा बुझाउन निर्देशन जारी गरेको छ ।
मन्त्रालयले राष्ट्रिय सतर्ककता केन्द्रको परिपत्र अनुसार भ्रष्टाचार निवारण सम्बन्धी ऐन बमोजिमको हरेक सरकारी कर्मचारीहरुले भदौं महिनाभित्रमा सम्पत्ति विवरण केन्द्रमा पेश गर्नुपर्ने व्यवस्था अनुसार यस वर्ष अनलाईनबाट समेत विवरण अध्यावधिक गर्न र हार्ड कपी समेत सतर्कता केन्द्रमा बुझाउन भनिएको हो ।