

बीमा प्राधिकरणका अध्यक्ष ओझाको मुद्दा हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा




काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले दायर गरेको रिट न्यायाधीशहरु हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।
सरकारले कानुनविपरीत पदबाट निलम्बन गरेको तथा छानबिन समिति गठन गरेको भन्दै ओझाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
आफैंले योग्य भनेर नियुक्त गरेका ओझालाई प्रधानमन्त्री केपी शर्मा ओलीले चार महिनामा नै हटाउने उद्देश्यले समिति गठन गरेका थिए । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित छानबिन समितिको सदस्यमा कपिल ओली र जीवन सिटौला छन् ।
सरकारले गठन गरेको समितिविरुद्ध ओझा अदालत गएका हुन् ।