

पुनर्बहालीको माग गर्दै बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा सर्वोच्चमा




काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा परेको छ ।
ओझाले आफूविरुद्ध गठन गरिएको छानबिन समिति खारेज गर्न र निलम्बनमा फुकुवाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
सरकारले अध्यक्ष ओझालाई निलम्बन गरेर छानविनका लागि समिति गठन गरेपछि ओझा अन्तरिम आदेश माग्दै सरकार विरुद्ध सर्वोच्च अदालत पुगेका थिए ।
अध्यक्ष ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, छानबिन समिति, समितिका अध्यक्ष कृष्ण गिरी, सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका छन् ।
गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।