

महानगरले ज्यादती गरेको भन्दै कवाडी व्यवसायीले गुहारे गृहमन्त्री




काठमाडौँ । कवाडी व्यवसायीहरुले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन् ।
शनिबार गृहमन्त्री लेखकलाई काठमाडौँ महानगरले विगत दुई बर्षदेखि गुन्डागर्दी शैलीमा कवाद व्यवसायीलाई कुटपिट गर्ने, अपहरण गर्ने, संरचना भत्काउने, संकलक र मजदुरका साइकल जफत गर्ने जस्ता काम गरेको बताउदै महानगरको ज्यादती तत्काल रोक्न आग्रह गरेको छ ।
‘हामी कवाडी व्यवसायीहरु नेपाल सरकारको प्रचलित कानून बमोजिम दर्ता रहि काठमाडौं महानगरपालिकाको विभिन्न वडाहरुमा कवाड व्यवसाय संचालन गर्दै आएका छौ । बर्षौ देखि कवाड व्यवसाय गर्दै आएका कवाड व्यवसायीहरुले सरकारलाई तिर्नु पर्ने सम्पुर्ण कर (राजस्व) तिर्दै आएका छौ’ ज्ञापनपत्रमा भनिएको छ, ‘देशमा संचालीत उद्योगहरु स्टील, वियर तथा मदिराजन्य उद्योग, कागज, प्लाष्टिक, व्याट्री, मेटल उद्योगलाई चाहिने कच्चा पदार्थ कवाड व्यवसायीले आपूर्ती गर्दै आएको छ र देशको व्यापार घाटा कम गर्न कवाड व्यवसायको भुमिका रहेको छ ।’
हाल यो व्यवसायमा एक लाख मानिस प्रत्यक्ष रोजगारमा आवद्ध रहेको जानकारी गराए । काठमाडौं महानगरपालिकाले विगत २ वर्ष देखी आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी सैलीमा कवाड व्यवसायी, संकलक मजदुरहरु माथी कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायीका संरचनाहरु भत्काउने, संकलक र मजदुरका साईकल र समान जफत गर्ने काम गरिरहेको जनाए ।
काठमाडौं महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलहरुको टाउको फुटेको र अङ्गभङ्ग भएका छन् । खासगरी भन्ने हो भने काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौं महानगर बाट गरिब जनता गरीखाने वर्गलाई हटाउने खोजेको बताए ।
‘कवाड व्यवसायी र संकलक माथि भईरहेको यो प्रकारको महानगरको गुन्डागर्दी ज्यादतीलाई तत्काल रोक्न लगाई व्यवसायीको जिउधनको रक्षाको लागी हामी कवाड व्यवसायी माननीय गृह मन्त्री ज्यु समक्ष अनुरोध गर्न चाहन्छौ’ जारी विज्ञप्तिमा भनिएको छ ।