

काठमाडौंबाट दाङ जान छुटेको बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ घाइते




काठमाडौं । एक यात्रु बहाक बस काठमाडौंबाट दाङ जान छुटेको केही समयपछि आफ्नो गन्तव्यमा पुग्नु अगावै दुर्घटनाग्रस्त भएको छ । त्यसरी छुटेको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका ९ मा आइतबार बिहान ४ बजेतिर दुर्घटना ग्रस्त हुन पुगेको हो।
यता, इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका–९ वेलनदीमा दुर्घटनामा परेको बताएको छ।
सो बस आफै अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिन पुग्दा २९ जना यात्रु घाइते भएका छन्घा भने सोही घा इतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आइतबार बिहान ४ बजेतिर भएको उक्त दुर्घटना लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र ट्राफिक प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिएका हुन्।