

नालाको सडकमा फेरी आवागमन बन्द




काभ्रेपलाञ्चोक । पुण्यमाता खोलाको पुल भाँचिएपछि ह्युमपाइप राखेर खुलाइएको बनेपा–नाला–भक्तपुर सडकखण्डमा अवरोध सिर्जना भएको छ।
त्यस्तै, नाला क्षेत्रमा आइतबार साँझदेखि परेको वर्षाको कारण ह्युमपाइप माथिको माटो बाढीले बगाइदिएपछि सडक बन्द भएको इलाका पहरी कार्यालय बनेपाले जनाएको छ ।
फलाममा अड्याइएको पुल शुक्रबार राति भाँचिएपछि बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलामा बनेपा नगरपालिका र सडक विभागको पहलमा आइतबार बिहानमात्रै ह्युमपाइप राखेर खुलाइएको थियो ।
साथै, अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक सडकको वैकल्पिक मार्गसमेत रहेको सडकमा पूर्णरुपमा बन्द हुन पुगेको हो ।