

सुनको मूल्य बढ्यो




काठमाडौं । साताको तेस्रो दिन सुनको मूल्य बढ्न पुगेको छ । मंगलबार, सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढ्न पुगेको हो। त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँमा किनबेच भएको बेलामा यता, चाँदीको मूल्य पनि केही बढेको छ ।
साथै, महासंघका अनुसार मंगलबार सोही चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको अवस्था छ । त्यसरी चाँदीको मूल्य बढेको बेलामा आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ५५ रुपैयाँ कायम हुन पुगेको हो ।
पछिल्लो समय सुनँचाँदी व्यसायीहरुले करको निर्धारित दरलाई लिएर चर्को असन्तुष्टि जनाउदै आन्दोनमा समेत उत्रिएको अवस्था छ । सोही कारण सुनको मूल्य निर्धारित दर प्रकाशनमा समेत केही प्रभाव पुग्न गएको बुझिएको छ ।