

एलआइसी नेपालको सञ्चालक बने रत्नाकर पटनायक




काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालकमा रत्नाकर पटनायकलाई नियुक्त गरिएको छ । उनलाई यसअघिका सञ्चालक तबलेश पाण्डेको पदावधि समाप्ति भएपछि नयाँ सञ्चालक रुपमा उनलाई नियुक्त गरेको हो ।
साथै, कम्पनी सञ्चालक समितिको असार ४ गते बसेको बैठकको निर्णयले उनलाई सञ्चालक पदमा नियुक्त गरिएको कम्पनी सचिव सुदर्शन गिरीले बताएका छ्न।