

घट्यो सुनको मूल्य




काठमाडौँ । साताको पहिलो दिन सुनको मूल्य घट्न पुगेको छ । उक्त मूल्य निर्धारण हुन केही समय लाग्दा व्यवसायीहरुमा मूल्य कति कायम हुने हो भन्ने कौतुहलता समेत लामै समय पाल्न भ्याए ।
आइतबार सुन तोलामा हजार रुपैयाँले घटेको हो । यता, नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको बेलामा शुक्रबार भने सुन तोलामा १ लाख ८९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो । साथै, सुनको मूल्य घटेको दिन चाँदीको मूल्य भने तोलामा २ हजार १४० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको हो। सुन व्यवसायीहरु सरकारले करको दरकेही चर्को बनाएको भन्दै अहिले आन्दोलनमा उत्रिएका छन् ।