

प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न




काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । राजधानीस्थित आम्रपाली ब्याङक्वेटमा सम्पन्न सो सभामा कम्पनीको सञ्चालक समितिकी अध्यक्ष शिक्षा भट्टचनले अध्यक्षता गरेकी हुन्।
यता, सोही साधारण सभाले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर तथा ०.४२१ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव सदर गरिएको छ।
हाल सम्पन्न सातौं वार्षिक साधारण रहेको र ७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय बदर गरिएको छ। सोही बोनस विरतणपछि नै कम्पनी नियामकले तोकेको चुक्ता पुँजी पुर्याउन सबल हुने देखिएसँगै त्यस्तो निर्णय गरिएको बतइएको छ ।
साधारण सभामा गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पास गर्ने, चालू आवको लागि लेखापरीक्ष नियुक्ति गर्ने र उनको पारिश्रमिक तोक्ने काम गरिएको छ ।
सेयरधनीहरुका लागि सभा लक्षित गर्दै जेठ १६ गते बुक क्लोज गरिएको थियो ।