

हिमालयन लाइफको बीमालेख नविकरणमा शतप्रतिशतसम्मको सहुलियत




काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडलेले व्यतित बीमालेख नविकरणमा छुट दिने भएको छ । कम्पनीले बीमाशुल्क बुझाउँन ढिलाई भएका बीमितहरुलाई लाग्ने जरीवाना (विलम्ब शुल्क) मा छूट दिने भएको हो।
यता, साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ समेतबाट जारी भएका बीमालेखहरू जेठ ३० गतेसम्म नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छूट योजना ल्याएको कम्पनीले जनाएको छ।
त्यस्तै, ८ वर्षसम्मको व्यतित बीमालेखमा शतप्रतिशतदेखि ५ वर्षदेखि माथि व्यतित बीमालेखमा ६० प्रतिशत छूट बीमितले पाउने हिमालयन लाइफ इन्स्योरेन्सले जनाएको हो ।