

घट्यो सुनको मूल्य




काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घट्न पुगेको छ । सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटन पुगेको हो ।
यता, नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको बेलामा यस अघि भने तोलामा १ लाख ९० हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।
साथै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि चाँदी तोला प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको हो।