

सन मेडिकेयर प्रोडक्ट लोकप्रिय बन्दै : बीमितले एक कदम अघिको सुरक्षा पाउने




काठमाडौं । कुनै व्यक्तीलाई रहर हुँदैन, अस्पतालमा भर्ना हुन् । तर, रोगलागेपछि उपचारको विकल्प नहुँने हुँदा अन्तिम आशा बन्ने गर्छ अस्पतालका बेडहरु । हो त्यस्तै बेलाका लागि केही बीमा कम्पनीहरुले सहारा स्वरुप केही बीमा योजनाहरु संचालन समेत गर्दै आएका छन् । त्यस्तो बसाई कसैका लागि पनि सहज हुँदन । तर, जब आकस्मिक स्वास्थ्य समस्या आउँछ, त्यसबेला आर्थिक बोझ झनै गाह्रो बन्छ । ठीक यस्तै बेलामा सन मेडिकेयर तपाईंको साथमा हुन्छ — छिटो, भरपर्दो र पहिलोपटक नेपालमै यस्तो सुविधा !
के हो सन मेडिकेयर ?
धेरै वटा बीमा कम्पनीहरुले धेरै किसिमका बीमा योजनाहरु बजारमा संचालन गरि रहेको बेलामा नागरिकहरुलाई कुन बीमा योजना कस्तो हो भन्ने किसिमका जिज्ञासा रहने गरेको छ । त्यस्तै समयमा सन नेपाल लाइफले सन मेडिकेयर एउटा नविन बीमा सुविधा रहेको र त्यसले आकस्मिक स्वास्थ्य समस्याबाट हुने खर्चको तत्काल राहत प्रदान गर्ने जनाएको हो । दुर्घटना होस् या गम्भिर रोग — अस्पताल भर्ना हुँदा खर्चिनुपर्ने औषधि उपचारमा १ लाख रुपैयाँसम्मको बीमा सुरक्षा प्रदान गर्ने कारण उक्त बीमा योजनामा नागरिकहरुको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ ।
सन मेडिकेयर आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्ने हेतुले सन लाइफले सुरु गरेको यस बिमा योजना नेपालमा पहिलोपटक सुरु भएको कम्पनीको दाबी छ ।
सन मेडिकेयरले कुन कुन रोग तथा आपतकालीन अवस्थालाई कभर गर्दछ ?
दुर्घटना
एपेन्डिसाइटिस
प्यान्क्रियाटाइटिस
हृदयाघात
विद्युतीय तथा अन्य जलन
डुबान
विषाक्तता
आन्द्रामा रगत बग्ने
कीरा/सर्प टोकाइ
तापघात
मस्तिष्कमा चोट
गर्भाशय बाहिरको गर्भ
मानसिक स्वास्थ्य संकट
घाउमा संक्रमण
सन मेडिकेयर नै किन ?
शल्यक्रिया सहित अस्पतालमा भर्ना हुदाँः
पहिलो २ दिनः प्रति दिन बिमाङ्क रकमको २५ प्रतिशतसम्म तथा त्यसपछिका ५ दिन प्रति दिन बिमाङ्क रकमको १० प्रतिशत रकम पाइने कम्पनीले जनाएको छ । सोही कारण पनि यस्तो बीमामा नागरिकहरुको आकर्षण बढेको कम्पनीले सुनाएको हो ।
शल्यक्रिया रहित अस्पतालमा भर्ना हुदाँः
यता, १० दिनसम्म, प्रति दिन १० प्रतिशतका दरले राहत दिने कम्पनीले जनाएको छ ।
आपतकालिन अवस्थामा आर्थिक चिन्ता कम गर्न सन मेडिकेयर आवद्ध हुँदा सुरक्षाको सुनिश्चित गर्दै आफ्नो लागि र परिवारको लागि रक्षावरण हुने सन नेपाल लाइफले जनाएको हो ।