

सुनको मूल्य बढ्यो




काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ बढ्न पुगेको छ । उक्त मूल्य तोलामा ५ सय रुपैयाँले बढ्न पुगेको हो ।
यता, नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुनको मूल्य सोमबार तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम रहेको छ । हिजो भने सुन तोलामा १ लाख ८४ हजार १०० रुपैयाँमा किनबेच भएको जनाइएको छ।
साथै, सुनको भाउ बढेको बेलामा चाँदीको भाउ भने स्थिर रहेको देखिन्छ । आज चाँदी तोलाको १ हजार ९ सय १० रुपैयाँ कायम भएको छ । सोही रकममा हिजो आइतबार पनि किनबेच भएको महासंघले जनाएको हो ।