

प्रभु महालक्ष्मी लाइफले ७ लाख बढी कित्ता संस्थापक सेयरको बिक्री खुलायो




काठमाडौं । मर्जरपछि सबल बन्दै गएका बीमा कम्पनीहरुको सूचीमा पर्न सफल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ७ लाख भन्दा बढी कित्ता संस्थापक सेयरको बिक्री खुलाएको छ । उक्त सेयर अहिले विद्यमान सेयरधनीहरुले मात्रै खरिद गर्न मिल्ने कम्पनी जनाएको छ । त्यसरी ७ लाख ३८ हजार ५ कित्ता संस्थापक सेयरको ब्रिकी खुलाइएको कम्पनीले जनाएको हो।
त्यस्तै, सोही सेयर खरिद गर्न लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने जनाइएको छ। साथै, इच्छुक संस्थापक सेयरधनीले सेही समय अवधिमा कम्पनीको काठमाडौं कमलादीस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने जनाइएको हो ।
साथै, तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट निवेदन नआएमा कानुन अनुसार नै कम्पनीले स्पष्ट पारेको जनाएको हो ।