

९ महिनामा झापा जिल्लाको पुँजीगत खर्चको तथ्यांक ३७.५ प्रतिशत




भद्रपुर । झापा जिल्लाको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांक अनुसार पुँजीगत खर्च ३७.५ प्रतिशत भएको देखिएको छ ।
यता, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पुँजीगततर्फ १० अर्ब ७० करोड रुपैयाँ विनियोजन भएकामा चैत मसान्तसम्म चार अर्ब एक करोड ५२ लाख रुपैयाँ खर्च भएको हो । ‘चालुतर्फ विनियोजित १६ अर्ब १४ करोड ६८ लाख रुपैयाँमध्य ११ अर्ब १९ करोड ७२ लाख रुपैयाँ खर्च भएको छ’, उनले भने ।
साथै, समग्रमा जिल्लाको १५ अर्ब २१ करोड २५ लाख १८ हजार रुपैयाँ खर्च भएको छ । चालु आवको चैत महिनासम्म १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९११ रुपैयाँ राजस्व सङ्कलन भएको जनाइएको छ ।