


कारोबारमा आएको पहिलो दिन नेपाल माइक्रो इन्स्योरेन्सको मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । कारोबारमा आएको पहिलो दिन मंगलबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आजको कारोबार खुलेको पहिलो २० मिनेटमै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर आजदेखि नै कारोबारमा आएको हो । यो कम्पनीको मूल्य ३० रुपैयाँ २० पैसाले बढेर ३३२ रुपैयाँ ५० पैसा पुगेको छ ।