


ग्लोबल आइएमई लघुवित्तलाई कर्मचारी आवश्यक, १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ ।
कम्पनीले विभागीय प्रमुख/सहायक, प्रदेश प्रमुख/अनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
प्रत्येक पदका लागि भिन्दाभिन्दै योग्यता र उमेर तोकिएको छ । त्यस्तो योग्यता र उमेरहद पुग्ने जोकोही नेपाली व्यक्तिले जागिरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले आवेदन जम्मा १५ दिनभित्र दिनुपर्ने भनेको छ ।
शैक्षिक योग्यतासँगै सवारी साधनको लाइसेन्स भएकालाई प्राथमिकता दिइने कम्पनीले जानकारी दिएको छ ।