


नेप्सेको उकालो यात्रा जारी, कारोबार रकम पनि बढ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन झिनो अंकले बढेको छ । यसदिन बजार ३.३५ अंकले बढेर २७०३.३९ बिन्दुमा बन्द भएको छ ।
बुधबारको तुलनामा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजारभन्दा बढीको कारोबार भएकोमा यसदिन ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज ३२४ कम्पनीको शेयर कारोबार भयो । जसमा ९३ कम्पनीको मूल्य बढेको छ भने १५१ कम्पनीको घटेको छ ।
यसदिन ग्रिन भेन्चर्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको मूल्य ४५ रुपैयाँ बढेर ५०५ पुगेको छ । त्यस्तै उपकार लघुवित्तका लगानीकर्ताले ७.८५ प्रतिशत घाटा बेहोरेका छन् ।
नेप्सेका अनुसार आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बैंकिङ, निर्जीवन बिमा र ‘अन्य’को मूल्य बढेको छ भने अरु सबैको घटेको छ ।
कारोबारका आधारमा सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्को ६ लाख ९० हजार ४५० कित्ता शेयर कारोबार हुँदा ७२ करोड ३२ लाख ३८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।