

रेकर्ड बिन्दुबाट ६०० रुपैयाँ घट्यो सुनको भाउ, अब तोलाको कति पर्छ ?




काठमाडौँ । लगातार बढेर एकपछि अर्को रेकर्ड बनाएको सुनको मूल्य बुधबार भने घटेको छ ।
आज सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँ रहेको थियो ।
त्यसैगरी चाँदी भने प्रतितोला २०२० रुपैयाँमा कारोबार हुँदैछ ।