


सुनको भाउँ ६ सयले बढ्यो



काठमाडौं । साताको चौथौं दिन सुनको मूल्य बढ्न पुगेको छ। बुधबार सुनको मूल्य तोलामा नै ६ सय रुपैयाँले बढेको हो ।
यता, नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए अनुरुप आज सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँका कारोबार भइरहेको बेलामा हिजो भने प्रतितोला १ लाख ६९ हजार ९०० रुपैयाँ प्रतितोलामा खरिद ब्रिकी भएको थियो।
साथै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर २ हजार रुपैयाँ पुगेको अवस्थामा अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा किनबेच भएको जनाइएको छ।