
घट्यो सुनको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार सुनचाँदीको मुल्य घट्न पुगेको छ। आज दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो।
यता, महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको हिजो भने तोलाको १ लाख ७० हजार ४०० रुपैयाँमा कायम रहेको थियो।
साथै, सोमबार प्रतितोला १ हजार ९८५ रुपैयाँमा किनबेच भएको चाँदी भने मंगलबार प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको अवस्था छ।


