

सेयर बजारमा २० अंकको गिरावट




काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । हिजो ४६ अंकले घटेको सेयर बजार आज २० दशमलव ६८ अंकले घटेर २७५१ दशमव ४२ विन्दुमा पुगेको हो ।
यता, सोमबार सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १९१ कम्पनीको सेयर मूल्य घट्यो भने ४४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५३ अंकले घटेर ४५९ दशमलव ७६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै सेयर मूल्य बढेको देखिन्छ ।
त्यसरी नै परिसूचकसँगै आज कारोबार रकममा पनि गिरवाट आएको छ । अघिल्लो दिन १० अर्ब ९ करोड माथिको कारोबार भएको सेयर बजारमा आज ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार ५७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३११ कम्पनीका १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयर ८७ हजार १५६ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको नेप्से परिसूचकमा देखिएको हो।